काठमाडौं, २० असार। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
शुक्रबार बसेको नाउपाको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए। उनका अनुसार समर्थन फिर्ता गर्ने निर्णयबारेको पत्र मुख्यमन्त्रीलाई बुझाइनेछ।
नाउपाले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बिहीबार बर्खास्त गरेपछि यस्तो निर्णय गरेको हो।
सुदूरपश्चिम प्रदेशसभामा कुल ५३ जना सांसद छन्। तीमध्ये नाउपाका ७ जना सांसद छन्। वर्तमान सरकारलाई बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक हुन्छ।
कांग्रेसका १८ र एमालेका ११ जना सांसद ९सभामुखबाहेक० सरकारमा छन्। यसरी नाउपाको समर्थन फिर्ताले सरकारको बहुमतमा तत्काल प्रभाव नपर्ने देखिएको छ।
कांग्रेस नेतृत्वको सरकारलाई एमाले र नाउपाले समर्थन दिँदै आएका थिए। प्रदेशसभामा माओवादी केन्द्रका १० जना, नेकपा ९एकीकृत समाजवादी० का ३ जना, स्वतन्त्र १ र राप्रपाका १ सांसद रहेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस