after_navbar

तुलसीपुरका ब्यबसायी रिजालको निधन


असोज २२, २०८२


दाङ, २२ असोज । तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा वरिष्ठ व्यवसायी हेमन्त रिजालको अमेरिकामा निधन भएको छ।

ad

६६ वर्षीय रिजालको अमेरिकाको क्यालिफोर्नियामा उपचारका क्रममा मंगलबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी फोक्सोको क्यान्सरबाट पीडित थिए। एक वर्षअघि उपचारका लागि अमेरिकामा पुगेका रिजाल त्यहाँ छोरी–ज्वाइँसँग बस्दै आएका थिए।

तुलसीपुर क्षेत्रको व्यापार विस्तार र विकासमा रिजाल परिवारको उल्लेखनीय योगदान रहेको छ। स्वर्गीय रिजालका सहोदर दाजु चिरिञ्जीवी रिजाल र भाइ बिमल रिजाल पनि तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन्।

स्वर्गीय रिजालका छोरा सन्दिपन रिजाल हाल संघको कार्यसमिति सदस्यका रूपमा रहेका छन्।

संघका अध्यक्ष विनिल केसीसहित विभिन्न उद्योगी तथा व्यापारीहरूले एक कुशल, मिलनसार र मार्गदर्शक अभिभावक गुमाउँदा गहिरो पीडा लागेको बताएका छन्।

त्यस्तै, विभिन्न राजनीतिक दलका नेता, व्यवसायी, शुभेच्छुक र सर्वसाधारणले सामाजिक सञ्जालमार्फत दिवंगत रिजालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

बुधबार बिहानदेखि नै तुलसीपुरस्थित रिजालको निवासमा आफन्त, साथीभाइ र शुभचिन्तकहरूको भीड लागेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="