after_navbar

ओली र लेखकको पक्राउ कानुनी शासनअनुसार छैन: एशोसिएसन अध्यक्ष मिश्र


चैत १४, २०८२


काठमाडौं,१४ चैत । नेपाल बार एशोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले केपी शर्मा ओली र रमेश लेखकको पक्राउ कानुनी शासनअनुसार नभएको बताएका छन्।

गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा शनिबार बिहान सुरक्षाकर्मीले उनीहरूलाई निवासबाट नियन्त्रणमा लिएका थिए।

वरिष्ठ अधिवक्ता मिश्रले पक्राउ प्रक्रियामाथि प्रश्न उठाउँदै रंगेहात अपराधमा संलग्न व्यक्तिलाई मात्र जरुरी पक्राउ पुर्जी प्रयोग गर्न मिल्ने बताएका छन्।

“सामान्य अवस्थाका व्यक्तिलाई पक्राउ गरेर लैजाने कानुनी व्यवस्था छैन, जुन तरिकाले पक्राउ गरियो त्यो कानुनी शासनअनुकूल देखिँदैन,” उनले भने।
उनले भदौ २३ र २४ गतेका घटनामा निष्पक्ष अनुसन्धान गरी एकैपटक अभियोजन गर्नुपर्नेमा फरक तरिका अपनाइएको टिप्पणी गरेका छन्।

“सबैलाई एकैपटक अभियोजन लगाउनुपर्ने हो, दुई जनालाई मात्र लिएर प्रचार गर्ने गरी जानु राज्यका लागि ठीक होइन,” उनले भने।

सरकारले असाधारण र अप्राकृतिक कार्य गरेको आरोप लगाउँदै मिश्रले बन्दी प्रत्यक्षीकरण र म्याद थपका क्रममा अदालतमा वास्तविक विषय प्रस्तुत गरिने जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="