काठमाडौ,२४ असोज । मनास्लु पदमार्गअन्तर्गत लार्केतर्फ जाँदै गर्दा भक्तपुरको मध्यपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको लेक लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रजापति आफ्ना साथीहरुसहित मनास्लु पदमार्ग हुँदै लार्के जाने क्रममा बिहीबार उत्तरी गोरखाको चुमनुब्री–१ धर्मशालामा पुगेका थिए।
“लार्के पार गर्ने क्रममा प्रजापतिको लेक लागेर ज्यान गएको हो। अन्य चार जना मनाङतर्फ सुरक्षित पुगेका छन्,” उनले जानकारी दिए।
प्रजापतिको शव सामागाउँमा ल्याइएको छ र हेलिकोप्टरमार्फत् काठमाडौँ पठाउने तयारी भइरहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस