दाङ ,२४ असोज । जेन्जी आन्दोलन प्रदर्शनका क्रममा फरार भएका कैदीबन्दीमध्ये अझै केही कैदीबन्दी प्रहरीको सम्पर्कमा आएका छैनन्। गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा फरार रहनेमध्ये लुम्बिनी प्रदेशका पनि ६९० कैदीबन्दी फरार छन्।
प्रदर्शनका क्रममा प्रदेशभरका १५६९ फरार कैदीबन्दीमध्ये एक महिनाको अवधिमा ८७९ कैदीबन्दी नियन्त्रणमा लिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी सरदप्रसाद चौधरीले जानकारी दिए।
उनका अनुसार, एक महिनाको अवधिसम्म फरार रहेका १५६९ जनामध्ये ८७९ जनालाई नियन्त्रणमा लिइएको छ भने ६९० जना अझै फरार छन् र उनीहरूको खोजी कार्य जारी छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस