काठमाडौ,२५ असोज । राष्ट्रपति रामचन्द्र पौडेल जेन–जी अगुवासँगको छलफलकै क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।
शीतल निवासमा जारी छलफलका दौरान अचानक टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक अस्पताल पुर्याइएको हो। अस्पताल स्रोतका अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर छ र थप परीक्षणका लागि भर्ना गरिएको छ।
उक्त छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित २२ जना जेन–जी अगुवा सहभागी थिए। केही युवाले भने वार्तामा सहभागी हुन नपाएको भन्दै असन्तुष्टि जनाएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस