after_navbar

१ लाख बढी मुल्यका पटका बरामद


असोज २६, २०८२


बारा ,२६ असोज । प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका–२१ बाट करिब १ लाख ७ हजार रुपैयाँ बराबरका विभिन्न किसिमका पटका बरामद गरेको छ।

ad

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको टोलीले आइतबार दिउँसो वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ ख ६२९३ नम्बरको बस जाँच गर्दा डिक्कीभित्र लुकाइएका पटका फेला पारेको हो।

बरामद गरिएको पटका आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएर थप कारबाही अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="