after_navbar

दाङमा लागुऔषधसहित तीन जना पक्राउ


असोज २७, २०८२


दाङ, २७ असोज । दाङमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर–७ का २४ वर्षीय पियुस जिसी, तुलसीपुर–६ का २० वर्षीय एलिक्स केसी र घोराही–९ घर भई हाल घोराही–१५ बद्धिग्यारेज बस्ने ५३ वर्षीय खुम बहादुर खत्री रहेका छन्।

ad

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहका अनुसार असोज २५ गते दिउँसो करिब ४ बजे अस्थायी प्रहरी चौकी हापुरबाट असई मान बहादुर थारुको कमाण्डमा खटिएको टोलीले घोराही–१२ हापुर खोलानजिकै सवारी चेकजाँच गर्ने क्रममा पियुस जिसीले चलाएको रा ७ प ४२८२ नम्बरको मोटरसाइकल र त्यसमा सवार एलिक्स केसीलाई संकास्पद अवस्थामा देखेपछि जाँच गरेको थियो।

जाँचका क्रममा उनीहरूबाट ४०० क्याप्सुल ट्रमाडोल फेला परेको प्रहरीले जनाएको छ। सोधपुछ गर्दा उक्त लागुऔषध खुम बहादुर खत्रीबाट खरिद गरेको स्वीकार गरेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।

त्यस क्रममा सोही दिन साँझ करिब ५ बजे घोराही–१५ नवज्योती टोलनजिकै रा २ प ५०७८ नम्बरको मोटरसाइकलसहित खुम बहादुरलाई पनि नियन्त्रणमा लिइएको थियो।

उनको घर खानतलासी गर्दा थप लागुऔषध फेला परेपछि तिनै जनालाई पक्राउ गरी जिल्ला अदालत दाङबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकासँगबाट दुईवटा मोटरसाइकल र जम्मा १ हजार ४४० क्याप्सुल ट्रमाडोल बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="