कास्की,२८ असोज । पोखरामा नक्कली पेस्तोल देखाएर एक महिला लुटपाट गर्ने घटना घटेको छ। पोखरा महानगरपालिका–१२ शितलादेवी बस्ने देवीकला अधिकारीलाई सोमबार राति लुटपाट गरेको आरोपमा सुजन विक नामका एक युवक पक्राउ परेका छन्।
कास्की प्रहरीले जानकारी दिएको अनुसार, विक पर्वतको मोदी गाउँपालिका–१ घर भई पोखरा–२० भलाम बस्दै आएका थिए। घटना सोमबार राति ८ः५० बजे भएको थियो।
कास्की प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार, लुटपाटको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय रामबजारको टोली घटनास्थलमा पुगेको र विकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका विकको साथबाट नक्कली पेस्तोल एक थान र उनी प्रयोग गरेको ग १३ प ९८३२ नम्बरको मोटरसाइकल बरामद गरिएको छ।
प्रहरीले विकमाथि थप अनुसन्धान भइरहेको बताएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस