after_navbar

संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा रिट


असोज २, २०८२


काठमाडौं,२९ असोज । जेन-जी आन्दोलनपछि विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

ad

आठ वर्षदेखि वकालत गर्दै आएका अधिवक्ता विपिन ढकालले संसद् विघटनविरुद्ध रिट दायर गरेका हुन्।

ढकालले जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको वैधानिकतामाथि पनि प्रश्न उठाएका छन्।

उनले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै, प्रधानमन्त्री र सरकारले गरेका सबै निर्णय बदर गर्न तथा ती निर्णयको कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश जारी गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="