कालिकोट,२९ असोज । खुलालु नदीको पुलबाट हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्।
मंगलबार साँझ करिब ७ बजे नरहरिनाथ गाउँपालिका–७ उत्सवकी १४ वर्षीया सिर्जना बटाला पुलको बीच भागबाट हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
प्रहरीका अनुसार खोजी कार्य जारी भए पनि अहिलेसम्म उनी फेला परेकी छैनन्। सिर्जना त्यही गाउँकी अनिपाल बटालाकी छोरी हुन्।
नरहरिनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ९ का वडाध्यक्ष प्रदीप बोहोराका अनुसार, बटाला परिवार खुलालु बजारमा कपडा पसल सञ्चालन गर्दै आएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस