दाङ, ३० असोज । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एकजना युवक घाइते भएका छन्।
घाइते हुनेमा तुलसीपुर–५ रानीजरुवा बस्ने २५ वर्षीय पोषण डाँगी रहेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार, बिहीबार दिउँसो करिब १ बजेतिर तुलसीपुर–८ कृष्ण मन्दिर नजिक अश्वारा निवासी करिब २४/२५ वर्षीय सन्दीप नामका व्यक्तिले डाँगीमाथि खुकुरी प्रहार गरेका हुन्।
मोटरसाइकलमा आएका सन्दीपले अचानक आक्रमण गर्दा डाँगीको दायाँ हातको चोरऔंला र माझऔंला काटिएको प्रहरीका सूचना अधिकारी सूर्य रानाले जानकारी दिए। घाइते डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि डिस्चार्ज गरिएको छ।
घटनामा संलग्न २२ वर्षीय रिजन विकलाई प्रहरीले रानीजरुवा क्षेत्रबाट पक्राउ गरेको छ भने अन्य फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस