चितवन,१ कार्तिक । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा सात सवारीसाधन एकअर्कासँग ठोक्किएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ७:१५ बजे सवारीसाधन आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि भरतपुरतर्फ लगिएको प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिए। उनका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस