after_navbar

अपडेट: सात सवारी आपसमा ठोक्किदा घाइते हुनेको संख्या २१ पुग्यो


कार्तिक ०२, २०८२


चितवन,१ कार्तिक । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा भएको सवारी दुर्घटनामा घाइते हुनेको सङ्ख्या २१ पुगेको छ।

ad

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ७:१५ बजे सात सवारीसाधन आपसमा ठोक्किँदा दुर्घटना भएको हो। मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस ठोक्किएपछि पछाडिका अन्य सवारीसाधन पनि एकपछि अर्को ठोक्किएका थिए।

उक्त दुर्घटनामा ना ७ ख ९६०७ नम्बरको टेलर, बा.प्र. ०६–००१ ग ०४८४ नम्बरको विद्युतीय माइक्रोबस, ग २ ख १६२६ नम्बरको बस, ना ३ च ३२५६ नम्बरको बलेरो र बी ए बी ८४७० नम्बरको कार पनि संलग्न रहेका छन्।

घाइते २१ जनामध्ये १३ जनाको उपचार नेशनल सिटी अस्पताल, ४ जनाको नयाँ मेडिकल कलेज भरतपुर, र ४ जनाको जनता केयर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीका अनुसार घाइतेको अवस्था फरक–फरक रहेको र अझै सङ्ख्या थपघट हुन सक्ने सम्भावना छ। घटनाको विस्तृत विवरण संकलन भइरहेको र हाल नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="