रुपन्देही,१ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ भैयाटोल (चित्रगुप्त पथ) मा रहेको एक अगरबत्ती उद्योगमा भीषण आगलागी भएको छ।
शनिबार बिहान करिब ५ बजे न्यू जय अम्बे अगरबत्ती तथा पूजा सामग्री प्याकेजिङ उद्योगमा आगलागी भएको हो। विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीका कारण उद्योगभित्र रहेको अगरबत्ती, धूप, तेल, नगद, मेशिन, सिसिटिभी क्यामेरा, कम्प्युटरलगायतका सामग्री जलेर नष्ट भएका छन्।
उद्योगका सञ्चालक श्रीराम गुप्ताका अनुसार आगलागीबाट करिब दुई करोड ३२ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव (भोला) ले बताए।
स्थानीय रामदयाल गुप्ताका अनुसार आगो बिहान ८ बजे मात्रै नियन्त्रणमा आएको हो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस