after_navbar

फागुन २१ को निर्वाचन झुटको खेती हो : ओली


कार्तिक ०२, २०८२


काठमाडौँ,१ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर जनतालाई झुक्याउने काम गरिरहेको आरोप लगाएका छन्।

ad

शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित सम्पर्क समन्वय कमिटीको कार्यक्रममा बोल्दै उनले सरकारले राजनीतिक दलहरूलाई निषेध गरेर चुनाव गराउने भन्दै जनतालाई धोका दिन खोजेको बताए।

उनका अनुसार सरकारले वास्तवमै निर्वाचन गराउने सोच नभएकाले नै एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग अघि सारेको हो। उनले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसमेत फिर्ता गराउन नसक्ने सरकारले “निर्वाचनको नाममा नाटक मञ्चन” गरिरहेको टिप्पणी गरे।

अध्यक्ष ओलीले वर्तमान सरकारलाई “जग नै नभएको असंवैधानिक सरकार” भन्दै यसले जनतालाई भ्रममा पार्ने काम मात्रै गरिरहेको आरोप लगाए। उनले जेनजी आन्दोलनको सन्दर्भमा व्यङ्ग्य गर्दै भने, “जेनजी आमैलाई प्रधानमन्त्री बनाएको सरकार हो यो।”

त्यस्तै, उनले आफूलाई सरकारले काठमाडौं उपत्यकाबाहिर नजान प्रतिबन्ध लगाएकोमा आपत्ति जनाउँदै भने, “म आवश्यक परे देशको जुनसुकै ठाउँमा जान सक्छु।”

संवाद र सहकार्य बिना निषेध र दमनमार्फत चुनाव गराउने सरकारको तयारीलाई उनले “जनता ठग्ने मेलो” भएको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="