after_navbar

दाङमा थ्रेसर मेसिनमा परि एक महिला घाइते


कार्तिक ०३, २०८२


दाङ, २ कार्तिक । दाङमा धान दाउने थ्रेसर मेसिनमा परेर एक महिला घाइते भएकी छन्। दाङको दंगीशरण गाउँपालिका–४ मौलीकी ६० वर्षीया टिका शर्मा थ्रेसर मेसिनमा परि घाइते भएकी हुन् ।

ad

शनिबार बिहान करिब ८:३० बजे घर नजिकै झिमेकी लिलाधर केसीको बारीमा धान थ्रेसिङ गर्ने क्रममा उनी थ्रेसर मेसिनमा सल अड्किएर घाइते भएकी हुन्।

थ्रेसर मेसिनमा परेर घाइते भएकी शर्माको टाउकोमा चोट लागेको छ। घाइते शर्मालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो। अस्पतालमा सामान्य उपचारपछि थप सिटि स्क्यानका लागि उनलाई घोराही रिफर गरिएको प्रहरीले जनाएको छ।

घाइतेको अवस्था सामान्य रहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक उज्वल शाहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="