काठमाडौ,२ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जेनजी आन्दोलनपछि स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी मिश्रविरुद्ध अख्तियारले सो मुद्दा दायर गरेको हो। आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै उनी स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी सम्हाल्ने तयारीमा थिइन्।
अख्तियारका अनुसार स्वास्थ्य सेवा विभागकी महानिर्देशक रहँदा मिश्रले खरिद प्रक्रियामा अनियमितता गरेकी थिइन्। लागत अनुमान तयार पार्ने चरणदेखि नै ठेकेदार कम्पनीसँग मिलेमतो गरी सम्झौताको सर्तअनुसार सम्पूर्ण सामग्री नआइसके पनि रकम भुक्तानी गरिएको ठहर आयोगले गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस