काठमाडौं,२कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा अराजकता निरन्तर रहिरहे आफू पुनः प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्ने बताएका छन्।
आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै यस्तो टिप्पणी गरेका हुन्।
उनले भने, “यस्तै भयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ। जनताले यो कुरा सहँदैनन्, किन सहने? अरुबाट केही हुन सकेन, यस्तो अराजकता।”
ओलीले सम्पादकहरू नै विशेष सम्पादकीय लेख्दै ‘केपी ओली फिर्ता ल्याऊँ’ भन्ने अवस्था आउन सक्ने दाबी पनि गरे। जनताले पुनः विश्वास र समर्थन दिएमा आफू प्रधानमन्त्री बन्न तयार रहेको उनको भनाइ छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस