दाङ,२कार्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका–५ ख लाइनमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्।
आइतबार साँझ करिब ५ बजे प्रहरीले हेमराज खड्काको घरमा छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामा हेमराज खड्का, श्रीधर रजौरे, अम्मर कुमार शर्मा, प्रमोद गौतम र वकिल केसी रहेका छन्।
प्रहरीले घटनास्थलबाट १ गड्डी तास र नगद रु. ५५ हजार १ सय ९५ बरामद गरेको जनाएको छ।
उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस