after_navbar

लागूऔषध कारोबारमा संलग्न सात जना पक्राउ


कार्तिक ०४, २०८२


काठमाडौ,३ कार्तिक ।सुनसरी प्रहरीले लागूऔषध कारोबारमा संलग्न सात जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्लाका धरान, इनरुवा र रामधुनी क्षेत्रमा सञ्चालन गरिएको छुट्टाछुट्टै कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।

ad

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख डीएसपी योगराज खतिवडाका अनुसार आइतबार इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

सो क्रममा इटहरी उपमहानगरपालिका–१८ का ३४ वर्षीय राजु चौधरी र रामधुनी नगरपालिका–४ का २८ वर्षीय रोशन हरिजनलाई पक्राउ गरिएको हो।
चेकजाँचका क्रममा राजु चौधरीको गुप्ताङ्ग भागमा लुकाइराखिएको १९.६९ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

दुवैजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले रामधुनी नगरपालिका–६ का सुमनकुमार चौधरीको घरमा खानतलासी गर्दा लुकाइराखिएको ५.७३ ग्राम ब्राउन सुगर बरामद गरेको छ।

सो क्रममा घरधनी चौधरी र उनीसँगै रहेका धरान उपमहानगरपालिका–८ का ३१ वर्षीय सुमन राईलाई समेत पक्राउ गरिएको डीएसपी खतिवडाले बताए।

त्यसैगरी, इलाका प्रहरी कार्यालय धरानबाट खटिएको अर्को टोलीले धरान उपमहानगरपालिका–११ मा विकास परियारको घरमा खानतलासी गर्दा डेकोलिक ५०० र ट्रामोल ५०० ट्याब्लेट फेला पारेको छ।

उक्त लागूऔषधसहित ३१ वर्षीय विकास परियार, २२ वर्षीय विजय परियार र ३६ वर्षीय इन्द्र राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुवै घटनाका पक्राउ परेकाहरूमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="