after_navbar

एकै परिवारका चार जनामाथि हतियार प्रहार


कार्तिक ०४, २०८२


सिरहा,३ कार्तिक । सिरहाको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एकै परिवारमाथि सामूहिक आक्रमण हुँदा चार जना घाइते भएका छन्।

ad

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घाइते हुनेमा ६० वर्षीय शिवनन्दन यादव, उनकी श्रीमती दुर्गीदेवी यादव, छोरा जमाहिर यादव र बुहारी रीता यादव छन्।

गम्भीर घाइते रीता यादवलाई उपचारका लागि जनकपुर पठाइएको छ भने अन्य तीन जनाको मिर्चैयामै उपचार भइरहेको प्रहरीले जनाएको छ।

पीडित परिवारका अनुसार १५–२० जनाको समूहले घरमै आएर खुकुरी, रड र भाटा जस्ता हतियार प्रयोग गर्दै आक्रमण गरेको थियो।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले मिर्चैया–३ का पूर्ववडाध्यक्ष हरिकुशियैत यादव, किशोर यादव, अशोक यादव र जगदीश यादवलाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरू छिमेकी गाउँ सिसबोनीका बासिन्दा हुन्।

प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="