after_navbar

दुई मन्त्रीले लिए शपथ, खगेन्द्रको रोकियो


कार्तिक १०, २०८२


काठमाडौ,९ कार्तिक । मौजुदा मन्त्रिपरिषद्मा दुई जना नयाँ मन्त्री थपिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

ad

प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा पूर्वसचिव डा. सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता नियुक्त भएका छन् । दुवैले आज शपथ ग्रहण गरेका छन्।

यद्यपि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा गणपतिलाल श्रेष्ठ र श्रम तथा रोजगार मन्त्रीमा खगेन्द्र सुनुवारको नाम सिफारिस भए पनि केही विवादका कारण उनीहरूको शपथ रोकिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="