सिन्धुली,११ कार्तिक । बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा मंगलबार कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए।
उनका अनुसार मोरङको विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलले चलाएको कार आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परी एउटै परिवारका तीन जना घाइते भएका थिए।
दुर्घटनापछि प्रहरीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि आत्मीय सामुदायिक अस्पताल, खाल्टे लगेको थियो। उपचारका क्रममा चालक अर्जेलको मृत्यु भएको डीएसपी सुवेदीले बताए।
मृतककी श्रीमती ४९ वर्षीया सुनिता अर्जेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यस्तै, छोरा ३१ वर्षीय निशान्त अर्जेललाई आत्मीय सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस