काठमाडौ,१२ कार्तिक । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्। हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत रानाभाटले आफ्नो राजीनामा पत्र प्रहरी प्रधान कार्यालयमा बुझाएका हुन्।
प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार रानाभाटले व्यक्तिगत कारण देखाउँदै राजीनामा पेस गरेका हुन्। अधिकृतले भने, “उहाँले राजीनामा पेस गर्नुभएको पुष्टि भएको छ।”
२०५८ साउन १८ गते इन्स्पेक्टर पदबाट प्रहरी सेवामा प्रवेश गरेका रानाभाट यसै वर्ष एसएसपीमा बढुवा भएका थिए। उनी २०८२ साउनमा प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका हुन्।
कानुन अनुसार एसएसपी तहका अधिकृतको राजीनामा स्वीकृत गर्न प्रहरी महानिरीक्षक (आईजीपी) ले निर्णय गरी गृह मन्त्रालयमा पठाउनुपर्छ। अन्ततः मन्त्रालयबाट स्वीकृति भएपछि मात्र राजीनामा औपचारिक रूपमा स्वीकार गरिन्छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस