after_navbar

वर्षाका कारण दाउन्ने सडक अवरुद्ध


कार्तिक १४, २०८२


दाङ,१३ कार्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने भाग वर्षाका कारण अवरुद्ध भएको छ।

ad

सडक मर्मतका क्रममा एकतर्फी सञ्चालनमा रहेको यो सडक आज बिहानदेखि परेको लगातार वर्षाका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले जानकारी दिए।

उनका अनुसार विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोला क्षेत्रमा बाटो हिलो र चिप्लो बनेपछि सवारी आवागमन रोकिएको हो।
सूचना अधिकारी नेपालले भने, “बिहानैदेखि परेको पानीका कारण बाटो अत्यधिक चिप्लो बनेको छ। जसका कारण सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन्। मालवाहक सवारी उकालो चढ्न नसकेपछि दाउन्ने खण्डमा जाम हुन नदिन प्रहरी परिचालन गरिएको छ।”

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="