after_navbar

वर्षाका कारण १० राजमार्ग अवरुद्ध


कार्तिक १५, २०८२


काठमाडौ,१४ कार्तिक । लगातारको वर्षाका कारण देशभरका विभिन्न राजमार्गहरूमा बाढी र पहिरोका घटना बढेका छन्, जसका कारण आवागमन ठप्प भएको छ। नेपाल प्रहरीले जारी गरेको सूचनाअनुसार हाल देशभर १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् भने एक सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा छ।

संखुवासभाको भोटखोला गाउँपालिका–४ खरङ्खोला क्षेत्रमा आएको पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

त्यस्तै, इलाममा मेची राजमार्गमा पनि पहिरो र सडक अवरोधका कारण सवारी आवागमन रोकिएको छ।

पाँचथरको तुम्बेवा गाउँपालिका–२ र धनकुटाको छिन्ताङलाई जोड्ने तमोर कोरिडोर सडकखण्ड तथा ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग पनि वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

काभ्रेपलाञ्चोकका कोसिस्वुङ्गा, नमोबुद्ध र चौरीदेउरालीका विभिन्न स्थानमा समेत बीपी राजमार्गमा पहिरो खस्दा सडक आवागमन अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।


तस्बिरः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस

data-href="