दाङ, १४ कार्तिक । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश ,दाङले मतदान स्थलको विवरण पठाउन निर्देशन दिएको छ। आयोगले दाङका सबै स्थानीय तहलाई नयाँ मतदान स्थल थप, सच्याउने वा गाभ्ने विषयमा विवरण पठाउन निर्देशन दिएको हो ।
दाङका सबै स्थानीय तहलाई नयाँ मतदान स्थल थप, सच्याउने वा गाभ्ने विषयमा विवरण पठाउन निर्देशन दिएको छ।
प्रदेश निर्वाचन अधिकारी लालसिंह खड्काले जारी गरेको सूचनाअनुसार, असोज २८ गतेसम्म विवरण पठाउन समय दिइएको थियो। तर तोकिएको समयभित्र विवरण नपठाउने स्थानीय तहलाई आयोगले अन्तिम म्यादस्वरूप कात्तिक १७ गतेभित्र पठाउन आग्रह गरेको छ।
निर्वाचन कार्यालयका अनुसार मतदान स्थलको नाम वा विवरणमा त्रुटि भए सच्याउन, साविकका मतदान स्थल हटाउन वा गाभ्न, वा मतदातालाई अर्को मतदान स्थलमा सार्नुपर्ने भए स्पष्ट कारणसहित जानकारी पठाउनुपर्नेछ।
विवरण आयोगको इमेल ठेगाना deo.dang@election.gov.np मा पठाउन सकिने बताइएको छ।
‘तोकेको समयभित्र विवरण नआएमा साविककै मतदान स्थल यथावत् कायम गरिनेछ।’- सूचनामा भनिएको छ।

साथै, आयोगले ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने नारासहित समयमै तयारी र समन्वय गर्न सबै स्थानीय तहलाई अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस