चितवन,१५ कार्तिक । घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–१ निवासी ६५ वर्षीय बुद्धिराम बोट घुँगी खोज्न जाँदा मृत्यु भएका छन् ।
प्रहरीका अनुसार उनी शुक्रबार दिउँसो रिउ खोलामा घुँगी खोज्न गएका थिए । शनिबार बिहान दलदलमा बोटको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस