after_navbar

बस दुर्घटनामा घाइते सहचालकको मृत्यु


कार्तिक १७, २०८२


काठमाडौ,१६ कार्तिक । शनिबार बाजुरामा भएको बस दुर्घटनामा घाइते भएका बस सहचालकको उपचारका क्रममा मृत्यु भएको छ।

ad

मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा भएको दुर्घटनामा घाइते बैतडी जिल्ला दशरथचन्द्र नगरपालिका–९ का २४ वर्षीय गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटले जानकारी दिए ।

जोशीलाई अवस्था जटिल भएपछि धनगढी पठाइएको थियो। सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार राति १० बजे उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

बस दुर्घटनामा घाइते भएका आठ जनालाई पनि थप उपचारका लागि धनगढी पठाइएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए ।

घाइतेहरूमा स्वामीकार्तिक खापर–३ का २३ वर्षीय विशाल शाही, बूढीनन्दा–६ का १९ वर्षीय उमेश भाट, बूढीनन्दा–५ की २४ वर्षीया जमुना मल्ल, सात वर्षीया लक्ष्मी मल्ल, बूढीगङ्गा–९ की २२ वर्षीया पवित्रा सिंह, उनकी दुई वर्षीया छोरी जेनिशा सिंह, पाँच वर्षीया पल्ले सिंह, जेसिका सिंह र बूढीनन्दा–७ की ४५ वर्षीया इसरा देवी सुनार रहेका छन्।

कोल्टीबाट धनगढी जाँदै गरेको सुपप्र ०१–००१ ख ३१८१ नम्बरको बस सामान राख्ने क्रममा पछाडि गएर दुर्घटनाग्रस्त भएको प्रहरीको भनाइ छ। दुर्घटनापछि चालक फरार छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="