after_navbar

कारागार र बालसुधार गृहबाट भागेका २२३ जना अझै फरार


कार्तिक १७, २०८२


बाँके,१६ कार्तिक। बाँके जिल्लाका दुई बालसुधार गृह र एक कारागारबाट भागेका कैदीबन्दीमध्ये २२३ जना अझै फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० अंगुर जिसीका अनुसार हालसम्म ३४० जना मध्ये ११७ जनामात्र पक्राउ परेका छन्।

गत भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा बाँकेको नौबस्ता बालसुधार गृह, नौबस्ता कारागार र डुडुवाको आसमानपुरस्थित जयेन्दु बालसुधार गृहबाट ३४० जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये धेरैजना अझै पक्राउ परेका छैनन्।
एसपी जिसीका अनुसार फरारमध्ये केही भारत प्रवेश गरेका र केही नेपालमै लुकेर बसेको अनुमान गरिएको छ। “सबैको खोजी कार्य जारी छ,” उनले बताए।

बाँकेको डुडुवा गाउँपालिकाको आसमानपुरस्थित बालसुधार गृहबाट भागेका ६६ जना बालबन्दी अझै नियन्त्रणमा आएका छैनन् भने नौबस्ता बालसुधार गृहबाट भागेका ४४ जना पनि पक्राउ परेका छैनन्। यस्तै नौबस्ता कारागारबाट भागेका १४७ जना मध्ये ३४ जना नियन्त्रणमा आएका र ११३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।


भाग्ने क्रममा सुरक्षाकर्मीमाथि आक्रमण भएपछि गोली चल्दा नौबस्ता बालसुधार गृहका पाँच बालबन्दीको मृत्यु भएको थियो।
भदौ २५ गते नेपालगन्जस्थित पुरानो कारागारबाट पनि कैदीबन्दीले भाग्ने प्रयास गरेका थिए। तर नेपाली सेनाले सुरक्षा कडा बनाएपछि प्रयास असफल भएको थियो। सो क्रममा सेनाले चलाएको गोली लागेर एक कैदीको खुट्टामा चोट लागेको थियो।
भागेका मध्ये केहीलाई बाँके, केहीलाई नेपाल–भारत जमुनाहा नाकामा र केहीलाई अन्य जिल्लाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="