दाङ,२० मंसिर। दाङ प्रहरीले फरार अभियुक्तहरूलाई पक्राउ कार्यमा तीव्रता दिएको छ। केही दिनको अन्तरालमा मात्रै झन्डै १२ जना फरार अभियुक्तहरु दाङ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार अदालतबाट फैसला भइसकेका तर पक्राउ नपरेका फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिने कार्य निरन्तररुपमा भइरहेकै हो। पछिल्लो एकसातामा मात्रै प्रहरीले १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
दाङ प्रहरी प्रवक्ता चक्रबहादुर शाहले , यही मंसिर १४ गतेदेखि अहिलेसम्म जिल्लाका विभिन्न स्थानबाट १२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका प्रतिवादीहरूबाट कुल ११ वर्ष १० महिना १० दिन कैद सजाय भुक्तान हुन बाँकी रहेको छ। यसैगरी उनीहरूबाट २३ हजार ५२ रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्नेछ फैसला छ । पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रतिक्रिया दिनुहोस