after_navbar

बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनको राजीनामा


८ घण्टा अगाडि


काठमाडौ,८ साउन ।बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले पदबाट राजीनामा दिएका छन् । उनले गम्भीर स्वास्थ्य समस्याका कारण पद त्यागेको उनको कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।


निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतबाट स्वदेश फर्किने घोषणा गरेपछि शाहबुद्दिनले राजीनामा दिएको उल्लेख गरिएको छ।

शाहबुद्दिन हसिनाका पूर्वसहयोगीसमेत रहेका उनले सन् २०२३ अप्रिलदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका हुन् । उनले सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरताका बेला देशको नेतृत्व गरेका थिए।उक्त आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई पदबाट हटाएको थियो।

बङ्गलादेशमा राष्ट्रपति राष्ट्रप्रमुख भए पनि कार्यकारी अधिकार भने प्रधानमन्त्री र मन्त्रिपरिषद्मा निहित रहने संवैधानिक व्यवस्था छ।


स्थानीय सञ्चारमाध्यमका अनुसार उनको राजीनामासँगै अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="