after_navbar

ओली पक्राउविरुद्ध बबरमहलमा झडप:९ जना पक्राउ


३ घण्टा अगाडि


काठमाडौं,१५ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बबरमहलमा झडप भएको छ।

काठमाडौं जिल्ला अदालतअगाडि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको हो।

ओलीको पक्राउको विरोध गर्दै अदालतअगाडि जम्मा भएका प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि झडपको स्थिति बनेको प्रहरीले जनाएको छ।
तनाव नियन्त्रणमा लिन प्रहरीले ९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ भने एक जना घाइते भएका छन्।

घाइतेको अवस्था गम्भीर नरहेको प्रहरीले जनाएको छ।
अदालत क्षेत्रमा थप अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="