after_navbar

भिरबाट लडेर एकजनाको मृत्यु


चैत २, २०८२


रोल्पा, २९ चैत । भिरबाट लडेर रोल्पामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका वडा २ नुवागाँउका २२ वर्षीय देशकुमार बाँठामगर रहेका छन् । प्रहरीका अनुसार बाँठामगरको शनिबार साँझ भिरबाट लडेर मृत्यु भएको हो।

जुँगारदेखि नुवागाउँ घरतर्फ जाने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । रयालेस्थित बाटोदेखि करिब ६० मिटर तल खोलामा खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

data-href="