काठमाडौ,२९ चैत। राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी करण केसीलाई खेलमा प्रतिबन्ध लगाइएको छ । विवादित सामाजिक सञ्जाल स्टाटसका कारण उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेको हो ।
क्यानले अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै केसीलाई खेलका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो। साथै, सोही खेलको म्याच फीसमेत काट्ने निर्णय गरिएको क्यानले जनाएको छ।
क्यानका अनुसार खेलाडीहरूले सार्वजनिक रूपमा व्यक्त गर्ने धारणा र गतिविधि संस्थाको आचारसंहिताभित्र रहनुपर्ने भएकाले सो स्टाटसलाई गम्भीर रूपमा लिँदै कारबाही गरिएको हो।
उक्त घटनापछि केसीको स्टाटस सामाजिक सञ्जालमा व्यापक चर्चा र विवादको विषय बनेको थियो। यस विषयमा क्यानले स्पष्ट सन्देश दिन र अनुशासन कायम राख्न आवश्यक ठानी कारबाही गरेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस