काठमाडौं,२३चैत। राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। आज बसेको राष्ट्रियसभाको बैठकले उपाध्यक्षमा भण्डारी निर्वाचित घोषणा गरेको हो।
राष्ट्रियसभामा सहभागी दलहरुबीचको सहमति अनुसार उपाध्यक्षमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो। उनका प्रस्तावक एमालेका राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल हुन्।
भण्डारीको निर्वाचितमा समर्थन नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाहले जनाएका थिए।
प्रतिक्रिया दिनुहोस