काठमाडौ,२९ चैत । प्रधानमन्त्री बालेन्द्र शाहसहित अन्य नेताहरूविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको आरोपमा एक युट्युबर पक्राउ परेका छन्।
प्रहरीका अनुसार फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेललाई ‘हेड्स’ नामक युट्युब च्यानलमार्फत अपमानजनक भिडियो बनाएको आरोपमा नियन्त्रणमा लिइएको हो। उनले प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिएका थिए।
जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी उनीमाथि साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस