after_navbar

लुम्बिनीका पूर्व सचिवसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


बैशाख ०२, २०८३


दाङ,२ वैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कार्यरत रहँदा शीतभण्डार निर्माणमा गलत कार्यसम्पादन प्रतिवेदन तयार गरी रकम भुक्तानी लिएको आरोपमा उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ सिद्धनाथमा निर्माणाधीन शीतभण्डारमा सम्झौताअनुसार काम नगरी अधुरै छाड्दै भुक्तानी लिएको आरोप छ। सो क्रममा ७१ लाख ९७ हजार ९८० रुपैयाँ हिनामिना भएको अख्तियारको दाबी छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उक्त रकम बराबर बिगो तथा जरिवाना माग गर्दै मुद्दा दायर गरिएको हो।

यस प्रकरणमा तत्कालीन सचिव अधिकारीसँगै वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल र सह–लेखापाल अजय मिश्रलगायतलाई पनि प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="