काठमाडौ,२९ वैशाख । सांसद भुमिका श्रेष्ठले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले संविधानले दिएको अधिकार प्राप्त नभएको बताएकी छन् । उनले आफ्नो समुदायका लागि कानुन निर्माणमा ढिलाइ भएको र अधिकार कार्यान्वयन नभएको बताएकी हुन् ।
उनले दशकौँदेखि उक्त समुदाय ओझेलमा परेको उल्लेख गर्दै संविधान जारी भएको १० वर्ष बितिसक्दा पनि संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको गुनासो गरिन्।
संविधानका विभिन्न धाराले अधिकार दिएको भए पनि ती अधिकार कागजमै सीमित रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्।
यद्यपि, आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा आफ्नो समुदायको आवाज सम्बोधन हुन लागेकोप्रति उनले सरकारलाई धन्यवादसमेत दिइन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस