दाङ,२८ वैशाख । हिँड्दै गर्दा अचानक लडेकी एक छात्राको मृत्यु भएको छ । रून्टीगढी गाउँपालिका–१ करेन्टीकी २१ वर्षीया धनसरी कवरको सोमबार लडेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिहान करिब पौने ८ बजेतिर ट्युसन पढेर फर्किँदै गर्दा घोराही उपमहानगरपालिका–१३ डमुर गाउँमा उनी हिँड्दै गर्दा अचानक लडेकी थिइन् ।
तत्काल उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
मृतकका अभिभावक रोल्पाबाट दाङ जादै गरेको र शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस