after_navbar

लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा पुनः रिजाल


५ घण्टा अगाडि


दाङ, १४ जेठ । लुम्बिनी प्रदेश तेक्वान्दो संघको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले पुनः बिमल रिजालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

बुधबार सुरु भई बिहीबार सम्पन्न अधिवेशनले १६ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। रिजाल संघका संस्थापक अध्यक्षसमेत हुन् र यो उनको तेस्रो कार्यकाल हो।

अधिवेशनले उपाध्यक्षमा विनिल केसी र राजिवसिंह क्षेत्री तथा कोषाध्यक्षमा देवबहादुर केसीलाई चयन गरेको छ। अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको निर्वाचन संयोजक पारेश्वर भट्टराईले जानकारी दिए।

अधिवेशनमा संघका केन्द्रीय अध्यक्ष दीपराज गुरुङ, महासचिव हेमन्त डाँगी लगायत प्रदेशभरका खेलाडी, प्रशिक्षक र प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

नवनिर्वाचित अध्यक्ष रिजालले तेक्वान्दो खेलको विकास, संगठन सुदृढीकरण र आगामी योजना कार्यान्वयनमा जोड दिने बताए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="