after_navbar

दाङमा ब्राउन सुगर सहित एकजना पक्राउ


६ घण्टा अगाडि


दाङ,२५ जेठ । प्रहरीले दाङमा ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ। दाङको भालुबाङ क्षेत्रबाट लागूऔषध ब्राउन सुगर बिक्रीवितरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा स्वीप अपरेशन सञ्चालन गर्दै शंकास्पद अवस्थामा हिँडिरहेका कपिलवस्तुको शिवराज नगरपालिका–५ निवासी ४२ वर्षीय साकिर खानलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार जेठ २२ गते राप्ती गाउँपालिका–१ भालुबाङ क्षेत्रमा गस्तीका क्रममा खानलाई पक्राउ गरिएको हो। उनको साथबाट ब्राउन सुगरजस्तो पदार्थ बरामद भएको छ। उनको साथबाट ६ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको हो।

पक्राउ परेका खानमाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद पदार्थ परीक्षणका लागि सम्बन्धित निकायमा पठाइने र घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

पछिल्लो समय दाङलगायत क्षेत्रमा लागूऔषध कारोबार र ओसारपसारका घटना बढ्दै गएको भन्दै प्रहरीले निगरानी तथा नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। प्रहरीले यस्ता गतिविधिबारे जानकारी भए तत्काल सूचना दिन स्थानीयवासीलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="