after_navbar

ईरान र अमेरिकाको वार्ता स्थगित


जेठ १, २०८३


काठमाडौ,१९ जेठ। लेबनानमा इजरायलको बढ्दो सैन्य आक्रमणको विरोध गर्दै इरानले अमेरिकासँगको उच्चस्तरीय वार्ता स्थगित गरेको छ।

तीन महिनादेखि जारी युद्ध अन्त्य गर्ने प्रयास भइरहेका बेला इरानको यो निर्णयले स्थिति थप जटिल बनेको छ। ‘तस्निम’ समाचार संस्थाका अनुसार इरानी टोलीले मध्यस्थकर्तामार्फत हुने वार्ता रोक्ने निर्णय गरेको हो।

इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले लेबनानमा आक्रमण जारी रहे इरानले जवाफी कदम चाल्न सक्ने चेतावनी दिएका छन्।

उनले इजरायली आक्रमण रोक्न प्रयास भइरहेको तर जारी रहेमा वार्ता मात्र होइन, प्रतिकार पनि गरिने बताएका छन्।

उनका अनुसार यदि इरान र अमेरिकाबीच सहमति भयो भने लेबनानसहित सबै क्षेत्रमा आक्रमण रोक्ने विषय समेटिनेछ।

इरानको विदेश मन्त्रालयले अमेरिका नै युद्धविराम उल्लंघनका लागि जिम्मेवार रहेको आरोप लगाएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले इजरायली प्रधानमन्त्री र हिजबुल्लाहका प्रतिनिधिसँग कुरा गरेको र अब बेरुततर्फ सेना नपठाइने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="