after_navbar

च्याउ खोज्न गएका दुई महिलाको बाढीमा परेर मृत्यु


जेठ २, २०८३


कैलाली,२९ जेठ । कैलालीको गोदावरीमा बाढीमा परी दुई महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको ज्यान गएको हो।

शुक्रबार बिहान च्याउ खोज्न जङ्गल गएका उनीहरू नदीमा बगेर बेपत्ता भएका थिए। पछि उनीहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="