after_navbar

खोलामा डुबेर ५ वर्षीय बालकको मृत्यु


११ घण्टा अगाडि


दाङ,२१ असार । दाङमा ५ वर्षीय बालकको खोलामा डुबेर मृत्यु भएको छ। जिल्लाको बबई गाउँपालिका–७ मलई लामितरामा खोलामा डुबेर बालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय लिलबहादुर बुढाथोकीका ५ वर्षीय छोरा डेभान्स बुढाथोकी रहेको प्रहरीले जनाएको छ।

शनिबार साँझ करिब ६ः३० बजेतिर साथीहरूसँग खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="