after_navbar

कुलोले बगाउँदा एक वृद्धको मृत्यु


५ घण्टा अगाडि


गुल्मी,२१ असार । कुलोले बगाउँदा गुल्मीमा एक वृद्धको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका–१ बगाहामा कुलोले बगाउँदा एक वृद्धको मृत्यु भएको हो।

मृत्यु हुनेमा सोही वडाको सिरानटोलका ६८ वर्षीय वीरबहादुर सुनार रहेका छन्। आइतबार दिउँसो करिब साढे १२ बजे बाटोमा हिँडिरहेका बेला उनी अचानक कुलोमा लडेका थिए।

बडिगाड लघुविद्युत् समुदायको ड्यामबाट बग्ने कुलोमा खसेपछि उनी करिब १०० मिटर तल रहेको ट्यांकीसम्म बगेका थिए।

स्थानीयले दिउँसो करिब साढे २ बजे ट्यांकीमा उनको शव अड्किएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

स्थानीयका अनुसार मदिरा सेवन गरेका कारण उनी कुलोमा लडेको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसी नेतृत्वको टोली घटनास्थल पुगेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="