after_navbar

कारभित्र जलेको अवस्थामा एक व्यक्ति फेला


८ घण्टा अगाडि


काठमाडौ,५ साउन। कीर्तिपुरको चाँदनीचोक क्षेत्रमा एउटा निजी कारभित्र एक व्यक्ति जलेको अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कारसहित जलेको अवस्थामा ती व्यक्तिको शव भेटिएको हो। घटनाबारे विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा पवन भट्टराई को नेतृत्वमा प्रहरी टोली पुगेको छ। प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको कारण, मृतकको पहिचान तथा अन्य पक्षबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="