after_navbar

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज


५ घण्टा अगाडि


काठमाडौ,५ साउन । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर खारेज गरेको छ। बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्जालमार्फत निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको उक्त कर हालका लागि लागू नगर्ने निर्णय गरिएको जानकारी गराएका छन् । उनले अर्थमन्त्री स्वर्णिम वाग्ले सँगको परामर्शपछि आमनागरिकमा पर्ने अतिरिक्त आर्थिक भारलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री शाहले समता करको मूल उद्देश्य दुर्गम तथा पछाडि परेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित, सीमान्तकृत तथा विपन्न वर्गलाई सहयोग गर्नु तथा स्वास्थ्य बीमा विस्तारका लागि स्रोत जुटाउनु रहेको उल्लेख गरे। तर नागरिकस्तरबाट आएको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।

यद्यपि सरकारले निजी अस्पतालमा १० प्रतिशत बेड तथा निजी क्याम्पस र विश्वविद्यालयमा १० प्रतिशत सिट विपन्न तथा लक्षित वर्गका लागि पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयनमा भने प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="