after_navbar

दाङमा २ अर्बभन्दा बढी विकास बजेट फिर्ता


८ घण्टा अगाडि


दाङ,५ साउन । बजेट विनियोजन भए पनि खर्च हुन नसकी फिर्ता हुने प्रवृत्ति दाङमा बितेको आर्थिक वर्षमा पनि दोहोरिएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा २ अर्ब ८ करोड २८ लाख ४० हजार २९० रुपैयाँ विकास बजेट खर्च हुन नसकी फिर्ता भएको छ। जुन कुल विकास बजेटको २५.५४ प्रतिशत हो।

संघ र प्रदेश सरकारबाट दाङका लागि ८ अर्ब १५ करोड ५३ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएकामा ६ अर्ब ७ करोड २४ लाख रुपैयाँ मात्र खर्च भएको छ।

बजेट विनियोजन हुने तर प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा नागरिकले अपेक्षित विकासको अनुभूति गर्न नसकेको देखिन्छ। यद्यपि अघिल्लो आर्थिक वर्षको तुलनामा फिर्ता हुने दर केही घटेको छ, तर अवस्था अझै सन्तोषजनक छैन। पछिल्ला ६ आर्थिक वर्षको तथ्यांक हेर्दा प्रत्येक वर्ष २ अर्बभन्दा बढी बजेट खर्च हुन नसकी फिर्ता हुँदै आएको छ।

आर्थिक वर्ष २०७७/०७८ देखि २०८२/०८३ सम्म कुल १३ अर्ब रुपैयाँभन्दा बढी बजेट फिर्ता भएको तथ्यांकले देखाउँछ। यसले बजेट विनियोजन र कार्यान्वयनबीचको खाडल अझै गहिरो रहेको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="